इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो- बेशक अल्लाहले पुण्यलाई र पापलाई लेखि दिएको छ, फेरि उसले यसलाई खोलि दिएका छन् जो मानिस कुनै पुण्य गर्नलाई पक्का इच्छा गर्दछ तर त्यो काम गरेन भने पनि अल्लाह तआला उसको लागि एउटा पुण्य लेखि दिनेछन्, र यदि उसको पक्का इच्छा गरी त्यो काम गर्यो भने अल्लाहले आफ्नो साथ उसलाई दस पुण्य देखि सात सौ तक या यो भन्दा ज्यादा पनि प्रदान गर्ने छन् । यसको विपरित यदि कोही मानिस पाप कार्यको इरादा गर्छ तर उसले त्यो काम गरेन भने पनि अल्लाह आफ्नो साथ उसको लागि एक पुण्य पुरा लेखि दिनेछन् र यदि पापको इरादा गर्यो र त्यो पाप काम पनि गर्यो भने अल्लाह तआला उसको लागि बस एक पाप नै लेख्दछ । - बुखारी, मुस्लिम
"जो व्यक्ति ज्ञान हासिल गर्न त्यस बाटोमा हिड्दछ, यसको बदला उसको लागि ईश्वरले स्वर्ग जाने बाटो सजिलो गराउनु हुन्छ, जब मानिसहरु अल्लाहको घर(मस्जिद)मा जम्मा भएर अल्लाहको किताब पढ्ने र सिक्ने गर्छ अल्लाहले उनिहरुलाई शान्ति र सन्तुष्टी प्रदान गर्नु हुन्छ, अल्लाहको दयाले उनिहरुलाई ढाक्दछ र फरिश्ताले उनिहरुको सुरक्षा गर्दछन् र अल्लाहले उनिहरुको बारेमा आफ्नो साथमा रहेका (फरिश्ता) हरुसँग याद गर्नु हुन्छ"
बुधवार, 26 दिसंबर 2012
हदीस –३६ (नेपालीमा अनुवादीत चालिस हदीस)
जो कोही मानिस कुनै मोमिन (भक्त) को यस संसारको कुनै दुःखमा सहयोग गर्छ त अल्लाह उसबाट क़ियामतको दिनको दुःखमा कुनै दुःख हटाउनमा सहयोग गर्दछ । जो कुनै परेशानीमा गिरफ्तार मानिसको परेशानीलाई सहयोग गर्दछ,अल्लाह उसलाई यस संसारीक र आखिरतमा सहयोग जुटाउँछ । जो कुनै मुसलमानको ब्यइजत हुनबाट ढाक छोप गरी जोगाउँछ,अल्लाह तआला संसारिक र आखिंरतमा उसको ईज्जत बर्बाद हुनबाट जोगाउनु हुन्छ । जो भक्त आफ्नो भाईको मदत गर्दछ, अल्लाह तआलाले उसलाई मदत गर्नु हुन्छ, जो ज्ञानको खोजीमा हिंड्दछ, अल्लाह तआला उसको लागि जन्नतको बाटो सहज गरिदिनु हुन्छ । जो व्यक्ति अल्लाहको कुनै घरमा जम्मा भएर अल्लाहको किताब पढ्दछन् र आपसमा पढ्ने र पढाउन,त जरुर त्यसमाथि शान्ति अवतरित गर्नु हुन्छ,दायाले उसलाई ढाक्दछ,फरिश्ता उनलाई ढाक्दछन्,फरिश्ता उनलाई सुरक्षा घेर्दछन् र अल्लाह तआला उनको कुरा उनको साथमा रहेकाहरुसँग गर्दछन् जो उनको साथमा छन् । जो आफ्नो कामको कारणले ढिला सुस्ती रहे,तो उसको वंश उसलाई अगाडि बढाउन सक्दैनन् ।
- मुस्लिम
हदीस –३५ (नेपालीमा अनुवादीत चालिस हदीस)
आपसमा जलन नगर, दाम लगाएर एक अर्कामा मूल्य नबढाउ, आपसमा बैरभव र नफरत न गर, एक अर्कामा बाइकट नगर, आफ्नो सामान बिक्री गर्न अरुसँगै अगाडी नबढाउ, अल्लाहको भक्त एक आपसमा भाई भाई हौ, न उसमाथि अत्याचार गर र न उसलाई बेसहारा छोड्, न उसँग झुटो बोल र न उसलाई कम सम्झ, डर यहाँ हुन्छ- हातलाई आफ्नो छातीतर्फ देखाउँदै तिन पटक भन्नु भयो, मानिसको लागि यति पाप नै काफी छ उ आफ्नो मुसलमान भाईलाई कम सम्झनु,हरेकमा मुसलमान माथि अर्को मुसलमानमा यो नाजायज हो- उसको खून, उसको माल, र उसको आबरुहरु । - मुस्लिम
मंगलवार, 18 दिसंबर 2012
हदीस –३४ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू सईद खुदरी रज़ियल्लाहु अन्हुमाले बर्णन गरेको हो,वहाँ भन्नु हुन्छ मैले अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको सुने-
तिमीहरु मध्ये कसैले पाप भैरहेको देख्यौ भने त्यसलाई हातले रोक,यदि हातले रोक्न तागत नभए बोलीद्वारा रोक,यदी त्यो पनि सम्भब नभए मनले त्यसलाई घृणित सम्झ, यो सबै भन्दा कमजोर ईमान हो- मुस्लिम
हदीस –३३ (नेपालीमा अनुवादीत चालिस हदीस)
इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाबाट बर्णन गर्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो- यदि मानिसले उसको दावाको भरमा दिने हो भने, मानिस अरुको धन माल र उसको खूनको दावी गर्ने थिए, तर मुद्दामा सबुत अर्थात दसी प्रमाण र उसले कसम पनि जरुरी छ, जसले अस्वीकार गर्दछ ।
यो हदीस हसन हो । यसलाई बैहकीले पनि यसरी नै बयान गरेका छन् र यसको केही भाग बुखारी-मुस्लिममा पनि मिल्दछ ।
हदीस –३२ (नेपालीमा अनुवादीत चालिस हदीस)
यो हदीस हसन हो,यसलाई इब्ने माजा र दारेकुत्नीहरुले मुसनदको तरीका र मालिकले यसलाई मुअत्तामा मुर्सलको तरीकाले बर्णन गरेको छ,यसलाई सनदको साथ अम्र बिन यह्या आफ्नो पिताको माध्यमबाट र नबी रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट बर्णन गर्नु हुन्छ तर अबू सईदलाई हटाउनु हुन्छ । उनको साथ अर्को तरीका पनि छ, जसबाट एक अर्कामा प्रमाणको लागि बल पुग्छ ।
शनिवार, 10 नवंबर 2012
हदीस –३१ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू अब्बास सह्ल बिन साद साइदी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ, एक जना मानिस नबी सल्लल्लाहु अलैही व सल्लमको साथ आउनु भयो र भन्नु भयो,ए अल्लाहको रसूल सल्ल.मलाई एउटा यस्तो कामको उपदेश दिनुहोस् जुन हामीले गर्यौ भने अल्लाहले पनि मलाई दया गरुन र मानिसहरु पनि मसँग प्रेम गर्न लागुन । यसमा वहाँले भन्नुभयो- संसारिक सिलसिलामा त्याग अपनाउ, अल्लाहले तिमीलाई दया गर्नु हुन्छ, जे जति मानिसको साथ छ त्यसमा पनि रुची नराख, मानिस तिमीसंग प्रेम गर्न लाग्दछन् । यसलाई इब्नेमाजाले हसन सनदको साथ बर्णन गरेका हुन् ।
हदीस –३0 (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू सालबा खुशनी जुरसूम बिन नाशिर रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो, अवश्य नै अल्लाह तआलाले अनिवार्यलाई जरूरी ठहर्याउनु भएको छ,त त्यसलाई बर्बाद नगर । त्यसमा हद तोकिएको छ,त तिमी त्यो भन्दा आगाडि न बढ । त्यसमा केही चीज अवैध गरिएको छ, तिमी त्यो मामलामा आफुलाई चलाख नठान र कुनै चीजको बारेमा वहाँले शान्त रहनु भयो,तिम्रो हकमा दयालुताको कारण,भूलेर होइन,बस यसको बारेमा बिबादमा नपर । यो हदीस हसन हो । यसलाई दार कुत्नीहरुले बर्णन गरेको हो ।हदीस २९ (नेपालीमा अनुवादीत चालिस हदीस)
मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्दै भन्नु हुन्छ,- मैले विन्ती गरे, ए अल्लाहको रसूल सल्ल. ! मलाई कुनै यस्तो काम बताउनुहोस् जुन मलाई जन्नत (स्वर्ग) प्रवेश गराओस् र जहन्नमको आगोबाट बचाओस् । वहाँले भन्नुभयो,तिमीले धेरै ठूलो चीजको बारेमा सोध्यौ,यो उसको लागि सजिलो छ जसको लागि अल्लाहले सजिलो बनाउनु भएको छ । तिमी अल्लाहको प्रार्थना गर, अल्लाहको साथ कसैलाई समान न बनाउ । नमाजलाई नियमित पुरा गर, जकात दिनु, रमजानको रोजा राख, र अल्लाहको घर (खान ए काबा) को हज (तिर्थ यात्रा) गर । फेरि वहाँले भन्नुभयो । के म तिमीलाई भलाईको बाटो नदेखाऊ ? रोजा ढाल (सुरक्षा गर्ने चीज) हो, सदका (दान) ले पापलाई मेटाउँछ जसरी पानीले आगोलाई निभाउँछ । कुनै व्यक्तिले आधी रातमा उठेर नमाज पढ्छ र अल्लाहको नाम जप्छ भने त्यसबखत उसको शरीर ओछ्यानबाट अलग हुन्छ । उसले आफ्नो पालनकर्ताको डर र आशाको साथ बिन्ती गर्दछ । जे जति अल्लाहले दिएको छ त्यसबाट खर्च गर्छ,फेरि जुन चीज उसको आँखाको ठण्डक उनको कामको बदलामा लुकाएर राखेको छ त्यो कुनै मानिसलाई थाह छैन (सूरः सज्दा १६, १७) फेरि भन्नुभयो, के म तिमीलाई धर्मको भाग र त्यसको स्थान र त्यसको सबै भन्दा उच्च स्थान न बताऊँ ? मैले बिन्ती गरे, ए अल्लाहको रसूल ! कृपा होस्, वहाँले भन्नुभयो धर्मको सिरा इस्लाम हो, उसको स्तम्भ नमाज़ र त्यसको सबैभन्दा उच्च भाग जिहाद हो । फेरि भन्नुभयो, के म तिमीलाई यि सबैलाई काबुमा राख्नेवाला चीजको बारेमा खबर नदिउँ ? मैले विन्ती गरे किन नभन्नु ए अल्लाहको रसूल ! वहाँले आफ्नो जिब्रो समाएर भन्नुभयो, यसलाई रोकेर राख । मैले भने, ए अल्लाहको नबी ! के जे जति हामी भन्दछौं त्यसमा हामीलाई सजाय हुन्छ ? तिम्री आमाले तिमीलाई गुमाइन ! ए मुआज़ ! के अरु पनि कुनै चीज यस्तो छ जसले मानिसलाई उधोमुन्टो पारेर जहन्नम (नर्क) मा झार्दछ य भन्नुभयो, निहुर्याएर उधोमुन्टो पारेर फेरि सिवाए उनको मुख उघार्दा जति भाग देखिन्छ ? यसलाई तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् यो हदीस हसन सही हो मंगलवार, 16 अक्टूबर 2012
हदीस २८ (नेपालीमा अनुवादीत चालिस हदीस)
बुधवार, 10 अक्टूबर 2012
हदीस २७ (नेपालीमा अनुवादीत चालिस हदीस)
नवास बिन सम्आन रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो । वहाँ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको
तर्फबाट बयान गर्दै भन्नुहुन्छ- पुण्य उत्तम आचरणलाई भनिन्छ र पाप त्यो हो जुन
तिम्रो हृदयमा खट्कियोस् जुन तिम्रो हृदयले यसको बारेमा अरुलाई जानकारी नहोस्
भन्ने चाहन्थ्यो । यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका छन् र भने कि यो हसन सही
हदीस हो ।
वाबसा बिन माबाद रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, म अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम भएको
ठाउँमा गएको थिए, त वहाँले भन्नुभयो, तिमी पुण्यको बारेमा सोध्न आएका हौ ? मैले भने हो,
वहाँले भन्नुभयो, आफ्नो दिलसँग सोध । नेकी (पुण्य) त्यो हो जसमा मन सन्तुष्ट हुन्छ
र पाप त्यो हो जसमा मनमा असन्तोष उत्पन्न हुन्छ, त्यस बारेमा तिमीलाई मनिसहरुले
बारम्बार भनिसकेका छन् ।
यो हदीस हसन हो, जुन मैले
इमाम अहमद बिन हंबल रह. र इमाम दारमी रह.को मुस्नदहरुबाट इस्नाद हसनको साथ बयान
गर्नुभएको हो ।
हदीस २६ (नेपालीमा अनुवादीत चालिस हदीस)
हदीस २६ (नेपालीमा
अनुवादीत चालिस हदीस)
अबु हुरैरह रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि
वसल्लमले भन्नुभयो । मानिसको हड्डिको जोर्नीमा सदका (दान) छ । हरेक दिन जब उज्यालो
हुन्छ, दुईजना मानिसहरु बीच इन्साफ गर्नु सदका(दान) हो । कुनै मानिसलाई सवारीमा
उसको सामान त्यसमा राख्न मदत गर्नु सदका (दान) हो । एउटा भलाईको कुरा गर्नु सदका
(दान) हो । नमाज़को लागि तिमी हरेक कदम उठाउँछौ त्यो सदका(दान) हो । हानी
पुर्याउने चीज बाटोबाट हटाउनु पनि सदका (दान) हो । - (बुखारी, मुस्लिम)
हदीस २५ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू जर रज़ियल्लाहु
अन्हुले यो पनि वर्णन गर्नु भएको छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको केही
साथीले नबी सल्लल्लाहु अलैहि व सल्लमसंग बिन्ती गर्नु भयो- ऐ अल्लाहको रसूल । मालवाला त बदला र पुण्यमा अगाड़ी बढेका छन । उनीहरू नमाज पढ़दछन् जसरी हामी पढ्दछौ । रोजा राख्दछन् जस्तै हामी राख्दछौ । उनिहरु जरुरत भन्दा ज्यादा आफ्नो मालबाट दान पनि दिन्छ्न । वहांले भन्नु भयो- के अल्लाहले तिम्रो लागि यस्तो चीज राखेका
छैनन् जुन तिमी दान गर ? हरेक सुबहानल्लाह भन्नु
पुण्य हो ।
अल्लाहु अकबर भन्नु पुण्य हो । अल्हम्दुलिल्लाह भन्नु पुण्य हो र ला इलाह इल्लल्लाह भन्नु
पुण्य हो ।
भलो कुरा भन्नु पुण्य हो पापबाट रोक्नु पुण्य हो । तिमीहरु श्रीमतीसँग सहवास गर्नु पनि सदका (पुण्य) हो । उनीहरूले बिन्ति गरे । ऐ अल्लाहको रसूल । जब हामीहरु मध्ये कोही आफ्नो सहवास पूरा गर्दछौं त यसमा पनि उस्कोलागि दान र
पुण्य छ ? वहांले भन्नु भयो- यही काम तिमी नजायज तरीकाले गर्दछौ भने त्यों पाप हुँदैन त ? यसैले उसले यही काम
जायज तरीकाले गर्यो भने उसको लागि पुण्य र दान हुनेछ । -मुस्लिम
सोमवार, 8 अक्टूबर 2012
हदीस २४ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबूज़र गिफ़्फ़ारी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ नबी सल्लल्लाहु अलैही व सल्लमले अल्लाहको तर्फबाट हदीस यसरी वर्णन गर्नु हुन्छ,ऐ मेरो भक्त । मैल अत्यचारलाई आफुमाथि अवैध ठानेको छु र तिमीहरुमाथि पनि अवैध ठानेको छु त तिमीहरु एक आपसमा अत्याचार नगर । ऐ मेरो भक्त । तिमीहरु भड्किएका छौ सिवाय मैले जसलाई सिधा बाटो देखाएको छ त मसँग मार्गदर्शनको लागि आव्हान गर म तिमीहरुलाई मार्ग गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु सबै भोका छौ सिवाय उनीहरु जसलाई मैले खुवाएको छु त मसँग खाना माग म तिमीलाई दिनेछु । ऐ मेरो भक्त । तिमीहरु सबै नाङ्गा छौ सिवाय तिनीहरु जसलाई मैले लगाउन दिएको छु यसैले मसँग कपडा माग । म तिमीहरुलाई प्रदान गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु रात दिन पापहरु गर्दछौ,त मसँग क्षमाको लागि प्रार्थना गर,म तिमीहरुको पापलाई माफ गर्दछु । ऐ मेरो भक्त । तिमीहरु मेरो कुनै हालतमा पनि नोक्सान पुर्याउने क्षमताका छैनौं जो नोक्सान पुर्याउन चाहन्छौं, ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना अल्लाहको डर मान्ने र नियमपालन गर्नेवाला जस्तै सबैजनाको हृदय भएपनि मेरो शासनमा केही वृद्धि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना पापी मानिसहरु भएपनि मेरो शासनमा केही कमि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना एकै ठाउँमा भेला भएर मागे र मैले सबैलाई दिए पनि मेरो साथ जे छ त्यसमा केही कमी हुनेछैन् जुन मेरो साथमा छ सिवाय एक सुई समून्द्रमा प्रवेश गर्दा हुन्छ । ऐ मेरो भक्त । त्यो तिम्रो कर्म नै हो जुन मैले तिम्रो लागि हिसाब गरेर राखेको छु जुन म उनलाई पूरा पूरा दिनेछु,फेरि जसले उत्तम बदला (पुरस्कार)पाउँछन् र जसले यसको विपरीत पाउँछन् आफूले आफूलाई धिक्कार्नु पर्छ । -मुस्लिम
हदीस २३ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू मालिक हारिस बिन आसिम अश्अरी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ,-अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- सफाइ आधा ईमान (आस्था) हो । अल हम्दु लिल्लाह (सब तारीफ अल्लाहको लागि हो) मीजान(तराजुको पल्ला) लाई भरि दिन्छ र सुब्हानल्लाह(पवित्र हुनुहुन्छ अल्लाह) र अल-हम्दु लिल्लाह दुबै भरि दिन्छ या भन्नुभयो एउटा भरिदिन्छ जे जति आकाश र जमीनको बीचमा छ, नमाज (प्रार्थाना) प्रकाश हो । सदका (दान) गवाही हो, सब्र चहकिलो उज्यालो हो र कुरआन तिम्रो विरुद्ध दलिल हो । हरेक व्यक्ति बिहान आफ्नो आत्माकोसाथ व्यापार गर्दछ, फेरि या त उसले आफुलाई स्वतन्त्र गर्दछ या त उसले आफुलाई बर्बाद गर्दछ । (मुस्लिम)
सोमवार, 24 सितंबर 2012
हदीस २२ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू अब्दुल्लाह जाबिर बिन अब्दुल्लाह अन्सारी रज़ियल्लाहु अन्हुमाद्वारा बयान गरिएको हो,एक जना मानिसले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमसँग प्रश्न गर्यो, तपाई सम्झिनु हुन्छ मैले फ़र्ज नमाज़हरु पुरा गरे, रमज़ानको रोज़ा राखेमा,जायज चीजलाई जायज मानौ र अवैधलाई अवैध मानी त्यसमा कुनै चीज़लाई नबढाऔं त जन्नत (स्वर्ग)मा जान सक्छु ? वहाँले भन्नुभयो हो ।
(हदीस- मुस्लिम)
बुधवार, 19 सितंबर 2012
हदीस २१ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबु अम्र वहाँलाई इब्ने अबु अम्र पनि भन्दछन्- सुफ़ियान बिन अब्दुल्लाह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, मैले बिन्ती गरें- ए अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम । मलाई इस्लामको सिलसिलामा कुनै यस्तो कुरा बताउनु होस् जुन तपाई बाहेक अरु कसैसंग मैले जानकारी लिनु नपरोस् । वहाँले भन्नुभयो, भन मैले ईमान(विश्वास) गरे अल्लाह माथि फेरि यस पछि त्यसमा अटल रहनु (हदीस-मुस्लिम)
मंगलवार, 4 सितंबर 2012
हदीस २० (नेपालीमा अनुवादीत चालिस हदीस)
यो हदीस अबू मसऊद उक़्बा बिन अम्र अंसारी रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो,वहाँ भन्नु हुन्छ,नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो- पहिलाको अवतरित किताबबाट मानवले जे जति पाएका छौ, एकिन रुपमा यो त्यसैबाट हो जब तिमीमा शर्म छैन भने जे चाहन्छौ गर (बुखारी)
हदीस १९ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू अब्बास अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हुमा भन्नुहुन्छ-एक दिन म नबी सल्लल्लाहु अलैहि व सल्लमको पछि थिए, वहाँले भन्नुभयो, ए बाबु । म तिमीलाई केही कुराको तालिम दिन्छु । अल्लाहलाई याद गर, अल्लाहले तिम्रो सुरक्षा गर्नु हुन्छ । अल्लाहलाई याद गर, तिमी अल्लाहलाई सामनेमा पाउने छौ । जब माग्छौ त अल्लाहसँग माग, जब मदत माग्छौ त अल्लाहसँग मदत माग,याद राख यदि मानिसहरु मिलेर तिमीलाई कुनै नाफा पुर्याउन चाहे पनि उनीहरु तिमीलाई कुनै नाफा पुर्याउन सक्दैनन् सिवाय यति जुन अल्लाहले तिम्रो लागि लेखिएको छ र यदि मानिसहरु जम्मा भएर तिमीलाई कुनै नोक्सान पुर्याउन चाहे पनि तपाईलाई नोक्सान पुर्याउन सक्दैनन् सिवाय जति अल्लाह तआलाले तिम्रो लागि लेखिदिएको छ । कलम उठायो लेख्दै गयो पन्ना सुक्दै जान्छ ।
यसलाई तिर्मिज़ीले बयान गर्नु भएको हो र यो हसन सही भनिएको छ । तिर्मिज़ी बाहेक अर्को बयानमा छ-
अल्लाहलाई याद गर, तिमी अल्लाहलाई सामनेमा पाउने छौ, जब धनवान हुँदा पनि तिमी अल्लाहलाई याद गर्छौ भने तिमी गरीब हुँदा अल्लाहले तिम्रो मदत गर्नु हुन्छ । याद गर जो तिमीले पाउने थियौ तर पाएनौ भने त्यो तिमीले पाउनेवाला थिएनौ र जुन तिमीले पायौ त्यो अवश्य नै तिमीले पाउनबाट रोकिने थिएन र जानी राख मदत धैर्यको साथ, आरम पछि कठिनाई र सुख पछि दुःख साथमा हुन्छ ।
हदीस १८ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबूज़र ज़ुन्दुब बिन ज़ुनादह र अबू अब्दुर्रहमान मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ-वहाँ अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमसँग भन्नुहुन्छ- तिमी जहाँ र जुन हालतमा रहे पनि, अल्लाहको डर मनमा राख र पाप हुन गएमा पुण्य गर, त्यसलाई पुण्यले मेटाउँछ र मानिसहरुसँग राम्रो व्यवहार गर । तिर्मिज़ीले यसलाई बयान गर्नु भएको छ र यो हसन हदीस हो र केही प्रतिमा हसन सही आएको छ ।
शुक्रवार, 17 अगस्त 2012
हदीस १७ (नेपालीमा अनुवादीत चालिस हदीस)
सोमवार, 30 जुलाई 2012
हदीस १६ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो,वहाँ भन्नुहुन्छ-एक जना मानिसलाई नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो, मलाई वसीयत (परामर्श) दिनुहोस् वहाँले भन्नुभयो- रीस नगर । त्यस मानिसले फेरि यही ईच्छालाई दोहर्यायो तर वहाँले यही भन्नुभयो रीस नगर । (सही बुखारी)
हदीस १५ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नुहुन्छ- अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो, जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) या त भलाईको कुरा गर या चुप रहनु र जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) गर्दछ उसले आफ्नो छिमेकीको सत्कार गर्नु र जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) गर्दछ, उसले आफ्नो पाहुनाको सत्कार गर्नु पर्दछ । (सही बुखारी र सही मुस्लिम)
सोमवार, 16 जुलाई 2012
हदीस १४ (नेपालीमा अनुवादीत चालिस हदीस)
इब्ने मस्उद रज़ियल्लाहु अन्हुले बयान गर्नु हुन्छः वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहुले अलैहि व सल्लमको भनाई थियो,भन्नु भयोः- कुनै मुस्लिम व्यक्तिको रगत बगाउन उचित हुँदेन जब यि तीन अवस्थाहरु बाहेक कसैको हत्या गर्नु हुँदैन
(क) विवाहित व्यक्ति भएर बलात्कार गर्छ (ख) ज्यानको बदला ज्यान लिन सकिंन्छ(हत्याराको)
(ग) मुस्लिम भएर आफ्नो धर्म छोड्छ र मुस्लिम समूह छाडेर अलग रहन्छ भने त्यस अपराधको सजायमा उसलाई पनि मृत्यु दण्ड दिइन्छ ।
बुधवार, 20 जून 2012
हदीस १३ (नेपालीमा अनुवादीत चालिस हदीस)
अनस बिन मालिक (रजियल्लाहु अन्हु) रसूल सल्ल.को सेवकले बयान गर्नु भएको हो, उहाँले भन्नु भयो- "तिमीहरु कोही मोमिन(आस्थावान) हुना सक्दैनौ, जब तक की ऊ आफ्नो भाईको लागि त्यही चीज चाहोस जुन चीज आफुले चाहन्छ" -(बुखारी, मुस्लिम)
हदीस १२ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो,वहाँ भन्नु हुन्छ अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाई छ,त्यो मानिसमा इस्लामी खुबी र सफलता छ जसले वेकारको चीज छोडिदिन्छ । यो हदीस हसन हो, तिर्मिज़ीले पनि यस हदीसलाई यसरी नै बयान गरेकाछन् ।
मंगलवार, 19 जून 2012
हदीस ११ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू मुहम्मद हसन बिन अबी तालिब(अल्लाहको रसूल मुहम्मदसल्लल्लाहु अलैहि व सल्लमको प्यारो नाती
र उहाँको बास्नादार फूल) रज़ियाल्लाहू अन्हुले बर्णन गर्नुहन्छ मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमबाट मैले सुनेर याद गरेको"त्यसलाई छोडी देऊ जो तिमीलाई शंका लाग्छ | यसैले की तिमीलाई कुनै शंकामा नपारोस्।" यसलाई तिर्मिज़ी र नसईले बर्णन गर्नु भएको हो र तिर्मिज़ीले
भन्नुभयो, यो हदीस सही हसन हो |
भन्नुभयो, यो हदीस सही हसन हो |
हदीस नं. १० (नेपालीमा अनुवादीत चालिस हदीस)
हजरत अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ- अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र रहनु भन्नुहुन्छ । अल्लाहले आस्थावानको यसैको हुकुम दिनु हुन्छ जुन रसूललाई वहाँले हुकुम दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ- ए रसूल ! खानु पवित्र चीज र उत्तम कर्म गर । यो पनि छ, महिमावान अल्लाहको कथन छ ऐ आस्थावान ! पवित्र चीज खानु जुन हामीले तिमीलाई खानको लागि दिएकाछौं । फेरि वहाँले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्दछ, बिग्रेको कपाल र धुलोले पूरै भरिएर मैलो भएकोछ त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्दछ । हे पालनहार । हे पालनहार । जब कि खाना उसको नाजायज हुन्छ, लगाएको उसको नाजायज छ, नाजायज चीजबाट उसको पालनपोषण भएकोछ, फेरी कसरी उसको प्रार्थाना कबुल हुन्छ त ? (हदीस- सही मुस्लिम)
सोमवार, 11 जून 2012
हदीस नं. ९ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबु हुरैरह अब्दुर्रहमान बिन सख्र रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ ऊहाँ भन्नुहुन्छ,मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमबाट सुनेको–जुनकार्यबाट मैले तिमीलाई रोकेको छु, त्यसबाट बच्नु, र जुन कुराको तिमीलाई मैले आज्ञा दिएको छु, उसलाई आफ्नो ताकतले भ्याएसम्म गर्नु, किनकी तिमीभन्दा पहिलाको मानिसलाई जायज गरिदीएको थियो, यो त बस उनको सवालको ज्यादती र उसको मतभेदको कारण थियो, जुन उनिहरुले नबीहरुलाई गरेका थिए। (बुखारी, मुस्लिम)
हदीस ८ (चालिस हदीस नेपालीमा अनुवादीत)
इब्ने उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु हुन्छ कि अल्लाहको रसूल सल्लाल्लाहु अलैही व सल्लमले भन्नुभयो- “मलाई हुकुम दिनुभयो कि म मानिसहरुसँग लडाई गर्नु यहाँसम्म कि उनिहरु यस कुराको गवाही दिउँन कि अल्लाहको सिवाय कोही सत्यपूजनिय छैन र मुहम्म्द सल्ल अल्लाहको रसूल हुन्, साथै नमाज पढ्नु, र जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनिहरु आफ्नो रगत र माल पनि सुरक्षा गर्नेछन्,यो नै ईस्लामिक हक र माग हो । र उनको हिसाब अल्लाह तआलाको जिम्ममा हुनेछ”। (बुखारि, मुस्लिम्)
बुधवार, 6 जून 2012
हदीस ७ (चालिस हदीस नेपालीमा अनुवाद)
अबू रुक़ैया तमीम बिन औसदारी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएकोछ-नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः- धर्मको नाम चेतावनी र भलाई चाहनु हो, हामीले भन्यौ, कस्को लागि ? वहाँले भन्नुभयो, अल्लाह र उहाँको किताबको लागि, उहाँको रसूलको लागि, मुसलमानको बादशाह(राजा) को लागि र सम्पूर्ण मुसलमानको लागि । (मुस्लिम)
हदीस ६ (चालिस हदीस नेपालीमा अनुवाद)
अबू अब्दुल्लाह नोमान बिन बशीर रजियल्लाहु अन्हुमाबाट बयान गरिएकोछ वहाँ भन्नुहुन्छ, मलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको सुनेको थिएः-
"निश्चित रुपमा हलाल (वैध) स्पष्ट छ र हराम (अवैध) पनि खुलस्त छ र यि दुई बीच शंका लाग्ने जुनचीज हुन्छ । जो कोही पनि यसबाट बच्ने कोशिस गर्दछ उसले आफ्नो धर्म पनि पवित्र गर्यो, र इज्जत पनि । तर जो व्यक्ति शंकाको चीजमा पर्छ यस्तो व्यक्ति त्यो चरुवा जस्तो हो जसले मनाही गरेको चरनमा चारै तिर चराउँछ र हरेक समय यस्तो डराउँछ कि कुनै जनावर त्यसठाउँमा पस्ला र चर्ला भनेर। खबरदार ! हरेक बादशाहको एक हद तोकिएको हुन्छ र अल्लाहको हद हराम (अवैध) चीज़ हो याद गर, शरीर भित्र मासुको एक लोथडा (डल्लो) हुन्छ, जब त्यो ठीक रहन्छ, सारा शरीर ठीक रहन्छ र जब त्यो खराब हुन्छ त सारा शरीर खराब हुन्छ र त्यो हो हृदय (मुटु)।" (बुखारी, मुस्लिम)
हदीस ५ (चालिस हदीस नेपालीमा अनुवाद)
उम्मुल मोमिनीन उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट बयान गरिएकोछ, वहाँ भन्नु हुन्छ, मलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः-जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ जुन त्यसमा पहिले देखि थिएन त्यसलाई रद्द गरिन्छ । (हदीस-बुखारी, मुस्लिम)
अर्को ठाउँमा भनिएकोछः-जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन ।(मुस्लिम)
हदिस नं. ४ (चालिस हदीस नेपालीमा अनुवाद)
अबु अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ। वहाँ भन्नुहुन्छ रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो,जो सच्चा छ र जसको सच्चाई सबै मान्दछ,
"तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा रहन्छ जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिष्ताले त्यसमा आत्मा प्रवेश गराउनु हुन्छ, अनि चार कुराको हुकुम हुन्छ-उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो यो नराम्रो । अल्लाहको कसम जसको सिवाय कोही पूज्य छैन, तिमीहरु मध्ये कोही स्वर्गिय(उत्तम) कार्य गर्दछन् यहाँसम्म कि उसको र स्वर्गको दुरी सिर्फ एकहात मात्र रहन्छ फेरि भाग्यमा लेखिएको जे छ त्यसमा त्यसको प्रभाव पर्न थाल्दछ र नर्कवासी जस्तो कार्य गर्न थाल्दछ यहाँसम्मकि उ नर्कवासी बन्न पुग्दछ यहाँसम्मकि उसको र नर्कको दूरी सिर्फ एक हात रहन्छ फेरि भाग्यमा लेखिएको उसमा प्रभाव पर्न थाल्दछ यहाँसम्मकि उसको परिणाम यस्तो हुन्छ कि ऊ स्वर्गमा प्रवेश गर्दछ" । (बुखारी, मुस्लिम)
"तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा रहन्छ जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिष्ताले त्यसमा आत्मा प्रवेश गराउनु हुन्छ, अनि चार कुराको हुकुम हुन्छ-उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो यो नराम्रो । अल्लाहको कसम जसको सिवाय कोही पूज्य छैन, तिमीहरु मध्ये कोही स्वर्गिय(उत्तम) कार्य गर्दछन् यहाँसम्म कि उसको र स्वर्गको दुरी सिर्फ एकहात मात्र रहन्छ फेरि भाग्यमा लेखिएको जे छ त्यसमा त्यसको प्रभाव पर्न थाल्दछ र नर्कवासी जस्तो कार्य गर्न थाल्दछ यहाँसम्मकि उ नर्कवासी बन्न पुग्दछ यहाँसम्मकि उसको र नर्कको दूरी सिर्फ एक हात रहन्छ फेरि भाग्यमा लेखिएको उसमा प्रभाव पर्न थाल्दछ यहाँसम्मकि उसको परिणाम यस्तो हुन्छ कि ऊ स्वर्गमा प्रवेश गर्दछ" । (बुखारी, मुस्लिम)
हदीस ३ (चालिस हदीस नेपालीमा अनुवाद)
उमर रजियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) का पुत्र अब्दुल्लाह रजियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) ले भन्नु हुन्थ्यो,मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमबाट सुनेको, वहाँले भन्नुभयो- इस्लामको जग पाँच चीजमा राखिएको छः- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन, र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात दिनु, रमज़ानको रोजा (ब्रत) राख्नु, र अल्लाहको घरको हज्ज गर्नु- (बुखारी, मुस्लिम)
सोमवार, 4 जून 2012
हदीस २ (चालिस हदीस नेपालीमा अनुवाद)
यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ-“एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो ‘ए मुहम्मद!मलाई इस्लामको बारेमा बताउनुहोस् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो इस्लाम यो हो कि तिमी यो गवाही देऊ कि अल्लाहको सिवाय कोही पूज्यनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल हो, नमाज पढ्नु, जकात दिनु, रमज़ानको रोजा राख्नु र अल्लाहको घरमा हज (तिर्थ यात्रा) गर्न जानु यदि आर्थिक क्षमता छ भने । उसले भन्यो, तपाईले सही भन्नुभयो । हामीलाई यस कुरामा आश्चार्य लाग्यो कि उसले प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ। फेरि उसले भन्यो मलाई ईमानको बारेमा बताउनु होस् । अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो- तिमी अल्लाह, उसको फरिष्ताहरु, उनको किताबहरु, उनको रसूलहरु, महाप्रलयको दिन र भाग्य राम्रो होस् या नराम्रो अल्लाहको तर्फबाट नै हुन्छ भन्ने मान । फेरि उसले भन्यो, तपाईले ठिक भन्नुभयो । फेरि त्यो उसले तेश्रो प्रश्न गर्यो, मलाई एहसानको बारेमा बताउनुहोस् तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, एहसान भनेको यो हो कि अल्लाहको प्रार्थाना यसरी गर्नु कि तिमी अल्लाहलाई देखि रहेका छौ किनकि यदि तिमी अल्लाहलाई देख्दैनौ भने अल्लाहले तिमीलाई देखि रहेकोछ । मलाई कियामत(महाप्रलय)को बारेमा बताउनुहोस् । तब रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जोसँग प्रश्न सोधिएकोछ उ सोध्नेवाला जति जान्दैन । अच्छा मलाई कियामत(महाप्रलय)को निशानीको बारेमा बताउनुहोस्,अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो,- नोकरले मालिकलाई पैदा गर्छ, खाली पाउ हिंडनेवाला र नाङ्गा शरीरवाला र बाख्रा चराउने गोठालाहरु ठूलो ठूलो भवनहरु बनाउन एक आपसमा होडबाजी गर्नेछन् ।
त्यस पछि त्यो मानिस गयो र अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ए उमर ! के तिमीलाई थाहा छ यो प्रश्न गर्नेवाला व्यक्तिको हो ? मैले भने अल्लाह र उसको रसूल ज्यादा जान्दछन् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, वहाँ जिब्रील हुनुहुन्थ्यो, तिमीहरुलाई तिम्रो धर्मको तालीम दिन आउनु भएको थियो ।” (मुस्लिम)
मंगलवार, 31 जनवरी 2012
हदीस- १ (चालिस हदीस नेपालीमा अनुवाद)
इस्लामी राज्यका दोश्रा राजा उमर बिन खताब भन्नु हुन्छ,मैले रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम)ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लाम) को लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल(मुहम्मद सल्लल्लाहु अलैही वसल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)
सदस्यता लें
संदेश (Atom)

