बुधवार, 6 जून 2012

हदीस ३ (चालिस हदीस नेपालीमा अनुवाद)

उमर रजियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) का पुत्र अब्दुल्लाह रजियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) ले भन्नु हुन्थ्यो,मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमबाट सुनेको, वहाँले भन्नुभयो- इस्लामको जग पाँच चीजमा राखिएको छः- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन, र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात दिनु, रमज़ानको रोजा (ब्रत) राख्नु, र अल्लाहको घरको हज्ज गर्नु- (बुखारी, मुस्लिम)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें