सोमवार, 30 जुलाई 2012

हदीस १६ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो,वहाँ भन्नुहुन्छ-एक जना मानिसलाई नबी सल्लल्लाहु  अलैहि  सल्लमले भन्नु भयो, मलाई वसीयत (परामर्श) दिनुहोस्  वहाँले भन्नुभयो- रीस नगर । त्यस मानिसले फेरि यही ईच्छालाई दोहर्यायो तर वहाँले यही भन्नुभयो रीस नगर । (सही बुखारी)

हदीस १५ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नुहुन्छ- अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु  अलैहि  सल्लमले भन्नुभयो, जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) या त भलाईको कुरा गर या चुप रहनु र जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) गर्दछ उसले आफ्नो छिमेकीको सत्कार गर्नु र जो मानिस अल्लाह र आखिरतको दिनमा ईमान (विश्वास) गर्दछ, उसले आफ्नो पाहुनाको सत्कार गर्नु पर्दछ । (सही बुखारी र सही मुस्लिम)

सोमवार, 16 जुलाई 2012

हदीस १४ (नेपालीमा अनुवादीत चालिस हदीस)


इब्ने मस्उद रज़ियल्लाहु अन्हुले बयान गर्नु हुन्छः वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहुले अलैहि व सल्लमको भनाई थियो,भन्नु भयोः- कुनै मुस्लिम व्यक्तिको रगत बगाउन उचित हुँदेन जब यि तीन अवस्थाहरु बाहेक कसैको हत्या गर्नु हुँदैन
(क) विवाहित व्यक्ति भएर बलात्कार गर्छ (ख) ज्यानको बदला ज्यान लिन सकिंन्छ(हत्याराको)
(ग) मुस्लिम भएर आफ्नो धर्म छोड्छ र मुस्लिम समूह छाडेर अलग रहन्छ भने त्यस अपराधको सजायमा उसलाई पनि मृत्यु दण्ड दिइन्छ ।