मंगलवार, 4 सितंबर 2012

हदीस १९ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबू अब्बास अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हुमा भन्नुहुन्छ-एक दिन म नबी सल्लल्लाहु अलैहि व सल्लमको पछि थिए, वहाँले भन्नुभयो, ए बाबु । म तिमीलाई केही कुराको तालिम दिन्छु । अल्लाहलाई याद गर, अल्लाहले तिम्रो सुरक्षा गर्नु हुन्छ । अल्लाहलाई याद गर, तिमी अल्लाहलाई सामनेमा पाउने छौ । जब माग्छौ त अल्लाहसँग माग, जब मदत माग्छौ त अल्लाहसँग मदत माग,याद राख यदि मानिसहरु मिलेर तिमीलाई कुनै नाफा पुर्याउन चाहे पनि उनीहरु तिमीलाई कुनै नाफा पुर्याउन सक्दैनन् सिवाय यति जुन अल्लाहले तिम्रो लागि लेखिएको छ र यदि मानिसहरु जम्मा भएर तिमीलाई कुनै नोक्सान पुर्याउन चाहे पनि तपाईलाई नोक्सान पुर्याउन सक्दैनन् सिवाय जति अल्लाह तआलाले तिम्रो लागि लेखिदिएको छ । कलम उठायो लेख्दै गयो पन्ना सुक्दै जान्छ ।
यसलाई तिर्मिज़ीले बयान गर्नु भएको हो र यो हसन सही भनिएको छ । तिर्मिज़ी बाहेक अर्को बयानमा छ-    
अल्लाहलाई याद गर, तिमी अल्लाहलाई सामनेमा पाउने छौ, जब धनवान हुँदा पनि तिमी अल्लाहलाई याद गर्छौ भने तिमी गरीब हुँदा अल्लाहले तिम्रो मदत गर्नु हुन्छ । याद गर जो तिमीले पाउने थियौ तर पाएनौ भने त्यो तिमीले पाउनेवाला थिएनौ र जुन तिमीले पायौ त्यो अवश्य नै तिमीले पाउनबाट रोकिने थिएन र जानी राख मदत धैर्यको साथ, आरम पछि कठिनाई र सुख पछि दुःख साथमा हुन्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें