"जो व्यक्ति ज्ञान हासिल गर्न त्यस बाटोमा हिड्दछ, यसको बदला उसको लागि ईश्वरले स्वर्ग जाने बाटो सजिलो गराउनु हुन्छ, जब मानिसहरु अल्लाहको घर(मस्जिद)मा जम्मा भएर अल्लाहको किताब पढ्ने र सिक्ने गर्छ अल्लाहले उनिहरुलाई शान्ति र सन्तुष्टी प्रदान गर्नु हुन्छ, अल्लाहको दयाले उनिहरुलाई ढाक्दछ र फरिश्ताले उनिहरुको सुरक्षा गर्दछन् र अल्लाहले उनिहरुको बारेमा आफ्नो साथमा रहेका (फरिश्ता) हरुसँग याद गर्नु हुन्छ"
मंगलवार, 16 अक्टूबर 2012
हदीस २८ (नेपालीमा अनुवादीत चालिस हदीस)
बुधवार, 10 अक्टूबर 2012
हदीस २७ (नेपालीमा अनुवादीत चालिस हदीस)
नवास बिन सम्आन रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो । वहाँ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको
तर्फबाट बयान गर्दै भन्नुहुन्छ- पुण्य उत्तम आचरणलाई भनिन्छ र पाप त्यो हो जुन
तिम्रो हृदयमा खट्कियोस् जुन तिम्रो हृदयले यसको बारेमा अरुलाई जानकारी नहोस्
भन्ने चाहन्थ्यो । यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका छन् र भने कि यो हसन सही
हदीस हो ।
वाबसा बिन माबाद रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, म अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम भएको
ठाउँमा गएको थिए, त वहाँले भन्नुभयो, तिमी पुण्यको बारेमा सोध्न आएका हौ ? मैले भने हो,
वहाँले भन्नुभयो, आफ्नो दिलसँग सोध । नेकी (पुण्य) त्यो हो जसमा मन सन्तुष्ट हुन्छ
र पाप त्यो हो जसमा मनमा असन्तोष उत्पन्न हुन्छ, त्यस बारेमा तिमीलाई मनिसहरुले
बारम्बार भनिसकेका छन् ।
यो हदीस हसन हो, जुन मैले
इमाम अहमद बिन हंबल रह. र इमाम दारमी रह.को मुस्नदहरुबाट इस्नाद हसनको साथ बयान
गर्नुभएको हो ।
हदीस २६ (नेपालीमा अनुवादीत चालिस हदीस)
हदीस २६ (नेपालीमा
अनुवादीत चालिस हदीस)
अबु हुरैरह रज़ियल्लाहु
अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि
वसल्लमले भन्नुभयो । मानिसको हड्डिको जोर्नीमा सदका (दान) छ । हरेक दिन जब उज्यालो
हुन्छ, दुईजना मानिसहरु बीच इन्साफ गर्नु सदका(दान) हो । कुनै मानिसलाई सवारीमा
उसको सामान त्यसमा राख्न मदत गर्नु सदका (दान) हो । एउटा भलाईको कुरा गर्नु सदका
(दान) हो । नमाज़को लागि तिमी हरेक कदम उठाउँछौ त्यो सदका(दान) हो । हानी
पुर्याउने चीज बाटोबाट हटाउनु पनि सदका (दान) हो । - (बुखारी, मुस्लिम)
हदीस २५ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू जर रज़ियल्लाहु
अन्हुले यो पनि वर्णन गर्नु भएको छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको केही
साथीले नबी सल्लल्लाहु अलैहि व सल्लमसंग बिन्ती गर्नु भयो- ऐ अल्लाहको रसूल । मालवाला त बदला र पुण्यमा अगाड़ी बढेका छन । उनीहरू नमाज पढ़दछन् जसरी हामी पढ्दछौ । रोजा राख्दछन् जस्तै हामी राख्दछौ । उनिहरु जरुरत भन्दा ज्यादा आफ्नो मालबाट दान पनि दिन्छ्न । वहांले भन्नु भयो- के अल्लाहले तिम्रो लागि यस्तो चीज राखेका
छैनन् जुन तिमी दान गर ? हरेक सुबहानल्लाह भन्नु
पुण्य हो ।
अल्लाहु अकबर भन्नु पुण्य हो । अल्हम्दुलिल्लाह भन्नु पुण्य हो र ला इलाह इल्लल्लाह भन्नु
पुण्य हो ।
भलो कुरा भन्नु पुण्य हो पापबाट रोक्नु पुण्य हो । तिमीहरु श्रीमतीसँग सहवास गर्नु पनि सदका (पुण्य) हो । उनीहरूले बिन्ति गरे । ऐ अल्लाहको रसूल । जब हामीहरु मध्ये कोही आफ्नो सहवास पूरा गर्दछौं त यसमा पनि उस्कोलागि दान र
पुण्य छ ? वहांले भन्नु भयो- यही काम तिमी नजायज तरीकाले गर्दछौ भने त्यों पाप हुँदैन त ? यसैले उसले यही काम
जायज तरीकाले गर्यो भने उसको लागि पुण्य र दान हुनेछ । -मुस्लिम
सोमवार, 8 अक्टूबर 2012
हदीस २४ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबूज़र गिफ़्फ़ारी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ नबी सल्लल्लाहु अलैही व सल्लमले अल्लाहको तर्फबाट हदीस यसरी वर्णन गर्नु हुन्छ,ऐ मेरो भक्त । मैल अत्यचारलाई आफुमाथि अवैध ठानेको छु र तिमीहरुमाथि पनि अवैध ठानेको छु त तिमीहरु एक आपसमा अत्याचार नगर । ऐ मेरो भक्त । तिमीहरु भड्किएका छौ सिवाय मैले जसलाई सिधा बाटो देखाएको छ त मसँग मार्गदर्शनको लागि आव्हान गर म तिमीहरुलाई मार्ग गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु सबै भोका छौ सिवाय उनीहरु जसलाई मैले खुवाएको छु त मसँग खाना माग म तिमीलाई दिनेछु । ऐ मेरो भक्त । तिमीहरु सबै नाङ्गा छौ सिवाय तिनीहरु जसलाई मैले लगाउन दिएको छु यसैले मसँग कपडा माग । म तिमीहरुलाई प्रदान गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु रात दिन पापहरु गर्दछौ,त मसँग क्षमाको लागि प्रार्थना गर,म तिमीहरुको पापलाई माफ गर्दछु । ऐ मेरो भक्त । तिमीहरु मेरो कुनै हालतमा पनि नोक्सान पुर्याउने क्षमताका छैनौं जो नोक्सान पुर्याउन चाहन्छौं, ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना अल्लाहको डर मान्ने र नियमपालन गर्नेवाला जस्तै सबैजनाको हृदय भएपनि मेरो शासनमा केही वृद्धि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना पापी मानिसहरु भएपनि मेरो शासनमा केही कमि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना एकै ठाउँमा भेला भएर मागे र मैले सबैलाई दिए पनि मेरो साथ जे छ त्यसमा केही कमी हुनेछैन् जुन मेरो साथमा छ सिवाय एक सुई समून्द्रमा प्रवेश गर्दा हुन्छ । ऐ मेरो भक्त । त्यो तिम्रो कर्म नै हो जुन मैले तिम्रो लागि हिसाब गरेर राखेको छु जुन म उनलाई पूरा पूरा दिनेछु,फेरि जसले उत्तम बदला (पुरस्कार)पाउँछन् र जसले यसको विपरीत पाउँछन् आफूले आफूलाई धिक्कार्नु पर्छ । -मुस्लिम
हदीस २३ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू मालिक हारिस बिन आसिम अश्अरी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ,-अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- सफाइ आधा ईमान (आस्था) हो । अल हम्दु लिल्लाह (सब तारीफ अल्लाहको लागि हो) मीजान(तराजुको पल्ला) लाई भरि दिन्छ र सुब्हानल्लाह(पवित्र हुनुहुन्छ अल्लाह) र अल-हम्दु लिल्लाह दुबै भरि दिन्छ या भन्नुभयो एउटा भरिदिन्छ जे जति आकाश र जमीनको बीचमा छ, नमाज (प्रार्थाना) प्रकाश हो । सदका (दान) गवाही हो, सब्र चहकिलो उज्यालो हो र कुरआन तिम्रो विरुद्ध दलिल हो । हरेक व्यक्ति बिहान आफ्नो आत्माकोसाथ व्यापार गर्दछ, फेरि या त उसले आफुलाई स्वतन्त्र गर्दछ या त उसले आफुलाई बर्बाद गर्दछ । (मुस्लिम)
सदस्यता लें
संदेश (Atom)