सोमवार, 8 अक्टूबर 2012

हदीस २३ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबू मालिक हारिस बिन आसिम अश्अरी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ,-अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- सफाइ आधा ईमान (आस्था) हो । अल हम्दु लिल्लाह (सब तारीफ अल्लाहको लागि हो) मीजान(तराजुको पल्ला) लाई भरि दिन्छ र सुब्हानल्लाह(पवित्र हुनुहुन्छ अल्लाह) र अल-हम्दु लिल्लाह दुबै भरि दिन्छ या भन्नुभयो एउटा भरिदिन्छ जे जति आकाश र जमीनको बीचमा छ, नमाज (प्रार्थाना) प्रकाश हो । सदका (दान) गवाही हो, सब्र चहकिलो उज्यालो हो र कुरआन तिम्रो विरुद्ध दलिल हो । हरेक व्यक्ति बिहान आफ्नो आत्माकोसाथ व्यापार गर्दछ, फेरि या त उसले आफुलाई स्वतन्त्र गर्दछ या त उसले आफुलाई बर्बाद गर्दछ ।  (मुस्लिम) 

1 टिप्पणी: