सोमवार, 8 अक्टूबर 2012

हदीस २४ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबूज़र गिफ़्फ़ारी रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ नबी सल्लल्लाहु अलैही व सल्लमले अल्लाहको तर्फबाट हदीस यसरी वर्णन गर्नु हुन्छ,ऐ मेरो भक्त । मैल अत्यचारलाई आफुमाथि अवैध ठानेको छु र तिमीहरुमाथि पनि अवैध ठानेको छु त तिमीहरु एक आपसमा अत्याचार नगर । ऐ मेरो भक्त । तिमीहरु भड्किएका छौ सिवाय मैले जसलाई सिधा बाटो देखाएको छ त मसँग मार्गदर्शनको लागि आव्हान गर म तिमीहरुलाई मार्ग गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु सबै भोका छौ सिवाय उनीहरु जसलाई मैले खुवाएको छु त मसँग खाना माग म तिमीलाई दिनेछु । ऐ मेरो भक्त । तिमीहरु सबै नाङ्गा छौ सिवाय तिनीहरु जसलाई मैले लगाउन दिएको छु यसैले मसँग कपडा माग । म तिमीहरुलाई प्रदान गर्नेछु । ऐ मेरो भक्त । तिमीहरु रात दिन पापहरु गर्दछौ,त मसँग क्षमाको लागि प्रार्थना गर,म तिमीहरुको पापलाई माफ गर्दछु । ऐ मेरो भक्त ।  तिमीहरु मेरो कुनै हालतमा पनि नोक्सान पुर्याउने क्षमताका छैनौं जो नोक्सान पुर्याउन चाहन्छौं, ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना अल्लाहको डर मान्ने र नियमपालन गर्नेवाला जस्तै सबैजनाको हृदय भएपनि मेरो शासनमा केही वृद्धि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना पापी मानिसहरु भएपनि मेरो शासनमा केही कमि हुनेछैन । ऐ मेरो भक्त । यदि तिम्रो अगाडिका र पछिका मानव र जिन्न तिमीहरु सबै जना एकै ठाउँमा भेला भएर मागे र मैले सबैलाई दिए पनि मेरो साथ जे छ त्यसमा केही कमी हुनेछैन् जुन मेरो साथमा छ सिवाय एक सुई समून्द्रमा प्रवेश गर्दा हुन्छ । ऐ मेरो भक्त । त्यो तिम्रो कर्म नै हो जुन मैले तिम्रो लागि हिसाब गरेर राखेको छु जुन म उनलाई पूरा पूरा दिनेछु,फेरि जसले उत्तम बदला (पुरस्कार)पाउँछन् र जसले यसको विपरीत पाउँछन् आफूले आफूलाई धिक्कार्नु पर्छ । -मुस्लिम             

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें