बुधवार, 10 अक्टूबर 2012

हदीस २७ (नेपालीमा अनुवादीत चालिस हदीस)


नवास बिन सम्आन रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको तर्फबाट बयान गर्दै भन्नुहुन्छ- पुण्य उत्तम आचरणलाई भनिन्छ र पाप त्यो हो जुन तिम्रो हृदयमा खट्कियोस् जुन तिम्रो हृदयले यसको बारेमा अरुलाई जानकारी नहोस् भन्ने चाहन्थ्यो । यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका छन् र भने कि यो हसन सही हदीस हो ।
वाबसा बिन माबाद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ,  म अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम भएको ठाउँमा गएको थिए, त वहाँले भन्नुभयो, तिमी पुण्यको बारेमा सोध्न आएका हौ ? मैले भने हो, वहाँले भन्नुभयो, आफ्नो दिलसँग सोध । नेकी (पुण्य) त्यो हो जसमा मन सन्तुष्ट हुन्छ र पाप त्यो हो जसमा मनमा असन्तोष उत्पन्न हुन्छ, त्यस बारेमा तिमीलाई मनिसहरुले बारम्बार भनिसकेका छन् ।
यो हदीस हसन हो, जुन मैले इमाम अहमद बिन हंबल रह. र इमाम दारमी रह.को मुस्नदहरुबाट इस्नाद हसनको साथ बयान गर्नुभएको हो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें