शनिवार, 10 नवंबर 2012

हदीस –३१ (नेपालीमा अनुवादीत चालिस हदीस)

 अबू अब्बास सह्ल बिन साद साइदी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ, एक जना मानिस नबी सल्लल्लाहु अलैही व सल्लमको साथ आउनु भयो र भन्नु भयो,ए अल्लाहको रसूल सल्ल.मलाई एउटा यस्तो कामको उपदेश दिनुहोस् जुन हामीले गर्यौ भने अल्लाहले पनि मलाई दया गरुन र मानिसहरु पनि मसँग प्रेम गर्न लागुन । यसमा वहाँले भन्नुभयो- संसारिक सिलसिलामा त्याग अपनाउ, अल्लाहले तिमीलाई दया गर्नु हुन्छ, जे जति मानिसको साथ छ त्यसमा पनि रुची नराख, मानिस तिमीसंग प्रेम गर्न लाग्दछन् । यसलाई इब्नेमाजाले हसन सनदको साथ बर्णन गरेका हुन् ।  

हदीस –३0 (नेपालीमा अनुवादीत चालिस हदीस)

अबू सालबा खुशनी जुरसूम बिन नाशिर रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो, अवश्य नै अल्लाह तआलाले अनिवार्यलाई जरूरी ठहर्याउनु भएको छ,त त्यसलाई बर्बाद नगर । त्यसमा हद तोकिएको छ,त तिमी त्यो भन्दा आगाडि न बढ । त्यसमा केही चीज अवैध गरिएको छ, तिमी त्यो मामलामा आफुलाई चलाख नठान र कुनै चीजको बारेमा वहाँले शान्त रहनु भयो,तिम्रो हकमा दयालुताको कारण,भूलेर होइन,बस यसको बारेमा बिबादमा नपर । यो हदीस हसन हो । यसलाई दार कुत्नीहरुले बर्णन गरेको हो ।

हदीस २९ (नेपालीमा अनुवादीत चालिस हदीस)

  मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्दै भन्नु हुन्छ,- मैले विन्ती गरे, ए अल्लाहको रसूल सल्ल. ! मलाई कुनै यस्तो काम बताउनुहोस् जुन मलाई जन्नत (स्वर्ग) प्रवेश गराओस् र जहन्नमको आगोबाट बचाओस् । वहाँले भन्नुभयो,तिमीले धेरै ठूलो चीजको बारेमा सोध्यौ,यो उसको लागि सजिलो छ जसको लागि अल्लाहले सजिलो बनाउनु भएको छ । तिमी अल्लाहको प्रार्थना गर, अल्लाहको साथ कसैलाई समान न बनाउ । नमाजलाई नियमित पुरा गर, जकात दिनु, रमजानको रोजा राख, र अल्लाहको घर (खान ए काबा) को हज (तिर्थ यात्रा) गर । फेरि वहाँले भन्नुभयो । के म तिमीलाई भलाईको बाटो नदेखाऊ ? रोजा ढाल (सुरक्षा गर्ने चीज) हो, सदका (दान) ले पापलाई मेटाउँछ जसरी पानीले आगोलाई निभाउँछ । कुनै व्यक्तिले आधी रातमा उठेर नमाज पढ्छ र अल्लाहको नाम जप्छ भने त्यसबखत उसको शरीर ओछ्यानबाट अलग हुन्छ । उसले आफ्नो पालनकर्ताको डर  र आशाको साथ बिन्ती गर्दछ । जे जति अल्लाहले दिएको छ त्यसबाट खर्च गर्छ,फेरि जुन चीज उसको आँखाको ठण्डक उनको कामको बदलामा लुकाएर राखेको छ त्यो कुनै मानिसलाई थाह छैन (सूरः सज्दा १६, १७)  फेरि भन्नुभयो, के म तिमीलाई धर्मको भाग र त्यसको स्थान र त्यसको सबै भन्दा उच्च स्थान न बताऊँ ?  मैले बिन्ती गरे, ए अल्लाहको रसूल ! कृपा होस्, वहाँले भन्नुभयो धर्मको सिरा इस्लाम हो, उसको स्तम्भ नमाज़ र त्यसको सबैभन्दा उच्च भाग जिहाद हो । फेरि भन्नुभयो, के म तिमीलाई यि सबैलाई काबुमा राख्नेवाला चीजको बारेमा खबर नदिउँ ? मैले विन्ती गरे किन नभन्नु ए अल्लाहको रसूल ! वहाँले आफ्नो जिब्रो समाएर भन्नुभयो, यसलाई रोकेर राख । मैले भने, ए अल्लाहको नबी ! के जे जति हामी भन्दछौं त्यसमा हामीलाई सजाय हुन्छ ?  तिम्री आमाले तिमीलाई गुमाइन ! ए मुआज़ ! के अरु पनि कुनै चीज यस्तो छ जसले मानिसलाई उधोमुन्टो पारेर जहन्नम (नर्क) मा झार्दछ य भन्नुभयो, निहुर्याएर उधोमुन्टो पारेर फेरि सिवाए उनको मुख उघार्दा जति भाग देखिन्छ ? यसलाई तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् यो हदीस हसन सही हो