अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-
अल्लाह तआलाको कथन छः जो मेरो कुनै साथिसंग दुश्मनी गर्छ भने म उसँग लडाईको घोषणा गर्दछु,मेरो भक्त मेरो कुनै मन पर्दो चीजबाट अगाडि बढेर नजिकता प्राप्त गर्न सक्दैन भने उ मेरो माध्यमले हासिल गर्न सक्दछ,जुन मैले उमाथि अनिवार्य गरेको छु र मेरो भक्त गैर अनिवार्य (नफिल नमाज़) पुण्यको माध्यमले मेरो नजिकता प्राप्त गर्ने कोशिस गर्दछ त म उसँग प्रेम गर्न थाल्नेछु । जब म उसंग प्रेम गर्न थाल्छु,म उसको सुन्ने शक्ति बन्दछु,जसबाट उ सुन्दछ, उसको दृष्टिको शक्ति बन्दछु र जसबाट उ देख्दछ,उसको हात बन्दछु जसबाट उ समाउँछ र उसको गोडा बन्दछु जसबाट उ हिंड्दछ । यदि उ मसँग माग्दछ भने म जरुर दिन्छु र क्षमाको लागि मसँग प्रार्थाना गर्दछ भने म जरुरी उसलाई क्षमा दिनेछु । - बुखारी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें