बुधवार, 26 दिसंबर 2012

हदीस –३५ (नेपालीमा अनुवादीत चालिस हदीस)

 अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-
आपसमा जलन नगर, दाम लगाएर एक अर्कामा मूल्य नबढाउ, आपसमा बैरभव र नफरत न गर, एक अर्कामा बाइकट नगर, आफ्नो सामान बिक्री गर्न अरुसँगै अगाडी नबढाउ, अल्लाहको भक्त एक आपसमा भाई भाई हौ, न उसमाथि अत्याचार गर र न उसलाई बेसहारा छोड्, न उसँग झुटो बोल र न उसलाई कम सम्झ, डर यहाँ हुन्छ- हातलाई आफ्नो छातीतर्फ देखाउँदै तिन पटक भन्नु भयो, मानिसको लागि यति पाप नै काफी छ उ आफ्नो मुसलमान भाईलाई कम सम्झनु,हरेकमा मुसलमान माथि अर्को मुसलमानमा यो नाजायज हो- उसको खून, उसको माल, र उसको आबरुहरु ।                                                                                  - मुस्लिम

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें