बुधवार, 2 जनवरी 2013

हदीस – ४२ (नेपालीमा अनुवादीत चालिस हदीस)

हज़रत अबू अनस रज़िबाट वर्णन गरिएको हो,वहाँ भन्नुहुन्छ कि मैले अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको थियो- अल्लाह तआला भन्नु हुन्छ, हे आदमको सन्तान ! तिमी जब तक मलाई पुकारी रहनेछौ र मसँग आशा गर्दछौ म माफ गर्ने छु । चाहे तिमी कुनै अवस्थामा छौ  र मलाई थाहा हुँदैन- हे आदमको सन्तान ! यदि तिम्रो पाप आकाश समान अग्लो भए पनि तिमीलाई माफ गर्ने छु,हे आदमको सन्तान ! यदि तिमी मेरो नजिक यति धेरै पाप लिएर आउँछौ जसले जमिन ढाके पनि र तिमी मेरो नजिक यस अवस्थामा आयौ कि एक अल्लाहको पूजामा कसैलाई साझेदार गर्दैनौ भने म तिमीलाई त्यो माफ गर्नलाई भेट गर्नेछु । यसलाई तिर्मिज़ीले वर्णन गरेको हो र भने यो हदीस हसन सही हो ।



नोटः-अन्तमा यो हदीसको माध्यमले जे-जति मानिसले अध्ययन गरि सिधा मार्ग अपनाउँछ अल्लाहको कृपाले उनिहरुको र मेरो पापहरुलाई माफ गरि उनिहरु र मलाई आखिरतमा मुक्तिको लागि स्रोत बनाउन । सुम्म आमीन ।

हदीस – ४१ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबू मुहम्मद अब्दुल्लाह बिन अम्र  रज़िबाट वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्ल. ले भन्नुभयो-
तिमीहरु मध्ये कुनै पनि एक जना मानिस पनि आस्था राख्न सक्दैन,जब तक कि तिमी उसको इच्छा चीजको अधिनमा नहुनु जुन मैले ल्याएको छु ।
यो हदीस हसन सही हो । यसलाई हामीले किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरेको छ ।

हदीस – ४० (नेपालीमा अनुवादीत चालिस हदीस)

इब्ने उमर रज़िबाट वर्णन गरिएको छ,वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले मेरो काँधमा समाएर भन्नु भयो- संसारमा अपरिचीत र यात्री जस्तो हुनु ।
इब्ने उमर रज़ियल्लाहु अन्हु वर्णन गर्नु हुन्छ-
जब साँझ भयो त बिहानीको प्रतिक्षा नबस र जब बिहान हुन्छ त साँझको प्रतिक्षा नबस र आफ्नो स्वास्थ्यको स्थितीको  ख्याल गर बिमारीको हुनु भन्दा  पहिला, मृत्यु हुनु भन्दा पहिला जीवनलाई राम्रो काममा प्रयोग गर ।                                                              - बुखारी


हदीस – ३९ (नेपालीमा अनुवादीत चालिस हदीस)

इब्ने अब्बास रज़िले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाई छः
अल्लाहले मेरो लागि मेरो अनुयायीको गल्ति र भूल-चूकलाई माफ गरि दिनु भएको छ ।
यो हदीस हसन हो, यसलाई इब्ने माजा र बैहक़ीले वर्णन गर्नु भएको हो । - बुखारी



हदीस – ३८ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-
 अल्लाह तआलाको कथन छः जो मेरो कुनै साथिसंग दुश्मनी गर्छ भने म उसँग लडाईको घोषणा गर्दछु,मेरो भक्त मेरो कुनै मन पर्दो चीजबाट अगाडि बढेर नजिकता प्राप्त गर्न सक्दैन भने उ मेरो माध्यमले हासिल गर्न सक्दछ,जुन मैले उमाथि अनिवार्य गरेको छु र मेरो भक्त गैर अनिवार्य (नफिल नमाज़) पुण्यको माध्यमले मेरो नजिकता प्राप्त गर्ने कोशिस गर्दछ त म उसँग प्रेम गर्न थाल्नेछु । जब म उसंग प्रेम गर्न थाल्छु,म उसको सुन्ने शक्ति बन्दछु,जसबाट उ सुन्दछ, उसको दृष्टिको शक्ति बन्दछु र जसबाट उ देख्दछ,उसको हात बन्दछु जसबाट उ समाउँछ र उसको गोडा बन्दछु जसबाट उ हिंड्दछ । यदि उ मसँग माग्दछ भने म जरुर दिन्छु र क्षमाको लागि मसँग प्रार्थाना गर्दछ भने म जरुरी उसलाई क्षमा दिनेछु ।                                                                       - बुखारी