बुधवार, 10 अक्टूबर 2012

हदीस २५ (नेपालीमा अनुवादीत चालिस हदीस)


अबू जर रज़ियल्लाहु अन्हुले यो पनि वर्णन गर्नु भएको छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको केही साथीले नबी सल्लल्लाहु अलैहि व सल्लमसंग बिन्ती गर्नु भयो- ऐ  अल्लाहको रसूल । मालवाला त बदला र पुण्यमा अगाड़ी बढेका छन । उनीहरू नमाज पढ़दछन् जसरी हामी पढ्दछौ । रोजा राख्दछन् जस्तै हामी राख्दछौ । उनिहरु जरुरत भन्दा ज्यादा आफ्नो मालबाट  दान पनि दिन्छ्न । वहांले भन्नु भयो- के अल्लाहले तिम्रो लागि यस्तो चीज राखेका छैनन् जुन तिमी दान गर ?  हरेक सुबहानल्लाह भन्नु पुण्य हो । अल्लाहु अकबर भन्नु पुण्य हो । अल्हम्दुलिल्लाह भन्नु पुण्य हो र ला इलाह इल्लल्लाह भन्नु पुण्य हो ।  भलो कुरा भन्नु पुण्य हो पापबाट रोक्नु पुण्य हो । तिमीहरु श्रीमतीसँग सहवास गर्नु पनि सदका (पुण्य) हो । उनीहरूले बिन्ति गरे । ऐ  अल्लाहको रसूल । जब हामीहरु मध्ये कोही आफ्नो सहवास पूरा गर्दछौं त यसमा पनि उस्कोलागि दान र  पुण्य छ ? वहांले भन्नु भयो- यही काम तिमी नजायज तरीकाले गर्दछौ भने त्यों पाप हुँदैन त ?  यसैले उसले यही काम जायज तरीकाले गर्यो भने उसको लागि पुण्य र दान हुनेछ । -मुस्लिम   

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें