मंगलवार, 16 अक्टूबर 2012

हदीस २८ (नेपालीमा अनुवादीत चालिस हदीस)

 अबू नजीह इर्बाज बिन सारिया रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नुहुन्छ- अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई चेतावनी दिंदै भन्नुभयो । जसले गर्दा हाम्रो हृदय डगमगाउँछ र जसको कारणले आँशु बग्दछ । हामीले विन्ति गर्यौ हे अल्लाहको रसूल । यो त मानौ बिदाई चेतावनी हो । फेरि वहाँले हामीलाई चेतावनी दिनुभयो त वहाँले भन्नुभयो । म तिमीलाई अल्लाहको डर राख्ने चेतावनी दिन्छु र ध्यानसँग सुन्ने र मान्ने आदेश दिन्छु चाहे तिमीमा गुलाम या राजा कि न होस् । तिमीहरु मध्ये जो रहन्छ,उसले धेरै लडाई,झगडा देख्नेछ,बस उनिहरुलाई जरुरी छ मेरो तरिका र मार्गदर्शन पाएका राजाको तरीका अपनाउनु,त्यसलाई बलियोसँग र नयाँ निकालिएको चीजको सिलसिलामा होसियार रहनु,किनकि हरेक नयाँ निकालेका चीजहरु बिदअत हुन्,र हरेक विदअत पथभ्रष्ट हो र हरेक पथभ्रष्टताले नर्कमा लान्छ । (यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् कि यो हदीस हसन सही हो)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें