मंगलवार, 19 जून 2012

हदीस नं. १० (नेपालीमा अनुवादीत चालिस हदीस)

हजरत अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ- अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र रहनु भन्नुहुन्छ । अल्लाहले आस्थावानको यसैको हुकुम दिनु हुन्छ जुन रसूललाई वहाँले हुकुम दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ- ए रसूल ! खानु पवित्र चीज र उत्तम कर्म गर । यो पनि छ, महिमावान अल्लाहको कथन छ ऐ आस्थावान ! पवित्र चीज खानु जुन हामीले तिमीलाई खानको लागि दिएकाछौं । फेरि वहाँले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्दछ, बिग्रेको कपाल र धुलोले पूरै भरिएर मैलो भएकोछ त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्दछ । हे पालनहार । हे पालनहार । जब कि खाना उसको नाजायज हुन्छ, लगाएको उसको नाजायज छ, नाजायज चीजबाट उसको पालनपोषण भएकोछ, फेरी कसरी उसको प्रार्थाना कबुल हुन्छ त ?  (हदीस- सही मुस्लिम) 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें