अनस बिन मालिक (रजियल्लाहु अन्हु) रसूल सल्ल.को सेवकले बयान गर्नु भएको हो, उहाँले भन्नु भयो- "तिमीहरु कोही मोमिन(आस्थावान) हुना सक्दैनौ, जब तक की ऊ आफ्नो भाईको लागि त्यही चीज चाहोस जुन चीज आफुले चाहन्छ" -(बुखारी, मुस्लिम)
"जो व्यक्ति ज्ञान हासिल गर्न त्यस बाटोमा हिड्दछ, यसको बदला उसको लागि ईश्वरले स्वर्ग जाने बाटो सजिलो गराउनु हुन्छ, जब मानिसहरु अल्लाहको घर(मस्जिद)मा जम्मा भएर अल्लाहको किताब पढ्ने र सिक्ने गर्छ अल्लाहले उनिहरुलाई शान्ति र सन्तुष्टी प्रदान गर्नु हुन्छ, अल्लाहको दयाले उनिहरुलाई ढाक्दछ र फरिश्ताले उनिहरुको सुरक्षा गर्दछन् र अल्लाहले उनिहरुको बारेमा आफ्नो साथमा रहेका (फरिश्ता) हरुसँग याद गर्नु हुन्छ"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें